जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। नलगाड नगरपालिका–१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो। नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले घाँस काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै मत्यु भएको जानकारी दिइन्। उनका अनुसार सोही स्थानमा पाँच दिन अगाडि मात्रै एक महिलाको लडेर मृत्यु भएको थियो। दुई सातामा नलगाड नगरपालिकामा रुख र भीरबाट लडेर तथा नदीमा बगेर १० जनाको मृत्यु भएको उपप्रमुख लामिछानेको भनाइ छ।
Posted inSamachar
घाँस काट्न गएका हरिबहादुरको लडेर ज्यान गयो

