भदौ २३ गते काठमाडौँ सहित धेरै जिल्लामा जेनजी आन्दोलन चर्किंदै थियो। आन्दोलनमा घाइते हुनेको संख्या ठूलो थियो। छिनछिनमा घाइतेहरू अस्पताल पुगिरहेका थिए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीव्रताका साथ घाइतेको विवरण संकलन गर्न थाल्यो। साथै, मन्त्रालयले उनीहरूको निशुल्क उपचार गर्न सबै अस्पतालहरूलाई निर्देशन दियो। प्रदर्शनस्थलमा नयाँ बानेश्वरनजिकैको निजामती कर्मचारी (सिभिल) अस्पताल घाइतेले भरिन थाल्यो। नथेग्ने भएपछि सो अस्पतालले सहयोगका लागि हारगुहार गर्यो।लगत्तै मन्त्रालयको निर्देशनअनुसार ट
Posted inSamachar
घाइतेको उपचार गराइरहेको मन्त्रालय नै प्रदर्शनकारीले जलाए, मेटियो नमुना वास्तुकला

