काठमाडौँको ठमेलबाट बिहीबार राति पक्राउ परेमध्ये १९ जनामाथि अनुसन्धान गरेर मुद्दा चलाइने भएको छ। गुण्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङसहितलाई ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुल्दीप चन्दले बताए। प्रहरीले राति ४७ जनालाई पक्राउ गरेको थियो। तर यी मध्ये २८ जनालाई रिहा गरेर १९ जनालाई मुद्दा चलाउने तयारी गरिएको हो। चक्रे मिलनसँगै गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार
Posted inSamachar
चक्रेमिलनसहित १९ जनालाई हिरासतमा राखेर अनुसन्धान थालियो, अरु रिहा

