नेपाली कांग्रेसका ६ नेता तथा पूर्वपदाधिकारीको छलफल चाक्सीबारीमा जारी छ। विभिन्न समयको फरकमा भइरहने छलफलअन्तर्गत आज सोमबार नेता प्रकाशमान सिंहको निवासमा नेताहरू जुटेका हुन्। दिउँसो २ बजेका लागि भनेर डाकिएको छलफल सवा ३ बजेमात्रै सुरु भएको थियो। छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा शशांक कोइराला र प्रकाशशरण महत सहभागी छन्। यी नेताहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका
Posted inSamachar
चाक्सीबारीमा कांग्रेसका ६ नेता

