काठमाडौँको चाबहिलमा रहेको ओम अस्पताल क्षेत्रमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली पुगेको छ।घटनास्थलबाट केही शंकास्पद गतिविध भइरहेको सूचना प्राप्त भएपछि सेनाको टोली त्यहाँ पुगेको थियो। अहिले परिस्थिति नियन्त्रणमा आएको स्थानीयले बताएका छन्।यस्तै थापाथलीको नर्भिक अस्पतालनजिकै एउटा गर्ल्स होस्टेलमा हतियारधारी समूह पसेको खबर पाएपछि त्यहाँ पनि सेनाको टोली गएको छ।
Posted inSamachar
चाबहिलको ओम अस्पताल क्षेत्रमा तोडफोड गर्न थालिएपछि पुग्यो सेना

