राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका किसानलाई करिब रु तीन करोड अनुदान वितरण गरेको छ। सुन्तला, स्याउ, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई चिस्यानगृह, फलफूल प्रशोधन, कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधारका लागि रु दुई करोड ९२ लाख १६ हजार अनुदान वितरण गरेको परियोजना कार्यान्वयन एकाईले जनाएको छ। कार्यविधिअनुसार कूल लागतको ५० देखि ८५ प्रतिशत
Posted inSamachar
चार जिल्लाका किसानले पाए तीन करोड अनुदान

