बिजुलीको माग धान्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले चितवनमा आज घोषित रूपमै लोडसेडिङ गरेको छ। पश्चिम चितवनमा आज ६ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार बिहान ३ र दिउँसो ३ घण्टा लोडसेडिङ हुन लागेको हो। प्राधिकरण चनौली वितरण केन्द्रले सूचना जारी गर्दै माग बढेको कारण लोडसेडिङ गर्नुपरेको भन्दै तालिका सार्वजनिक गरेको हो।अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशबाट पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको कारण विद्युत् आपूर्ति बन्द गर्नुपरेको सूचनामा उल्लेख छ
Posted inSamachar
चितवनमा घोषित रूपमै ६ घण्टा लोडसेडिङ

