बागमती प्रदेशको ४ स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरिएको छ। मकवानपुरको बागमती र बकैया गाउँपालिका तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकालाई खोरेतमुक्त पालिका घोषणाको तयारीमा प्रदेश सरकार जुटेको हो। नेपालबाट चिनमा मासु निर्यात गर्ने दुईपक्षीय सहमति अनुसार राँगा-भैँसी पालन हुने बागमतीका यी ४ स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणा गर्ने तयारी गरिएको हो। तीनवर्ष भित्रमा यी ४ स्थानीय तहलाई खोरेतमुक्त बनाएर चिनमा मासु निर्यातको प्रक्रिया सुरु गरिने बताइएको हो।&n
Posted inSamachar
चीनतिर राँगा-भैँसीको मासु पठाउने तयारी, मरिणसहित ४ पालिकालाई खोरेतमुक्त बनाउन अभियान सुरु

