अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप भन्सार महसुल (कर) लगाउने निर्णय फेरि ९० दिनका लागि स्थगन गरेका छन्।सोमबार ट्रम्पले अमेरिका-चीन करको समयसीमा नोभेम्बर ९ सम्म बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।यसअघि मे ११ मा जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। यसमा ९० दिनका लागि कर बढाउने निर्णय स्थगन गर्ने सहमति भएको थियो। अमेरिकाले हाल चीनलाई ३० प्रतिशत कर लगाइरहेको छ। अमेरिका र चीनबीच लामो समय कर युद्ध चलेको थियो।
Posted inSamachar
चीनविरुद्ध कर बढाउने निर्णय ९० दिनका लागि स्थगन गर्दै ट्रम्पले भने: सीसँग मेरो सम्बन्ध धेरै राम्रो छ

