रात चकमन्न हुन्छ । सबैतिर सन्नाटा छाउँछ । सबै नागरिक सुत्छन् तर सिरुटारका युवाहरू भने उठ्छन् । आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैटीबाट बचाउन यहाँका युवाहरू आफैँ गस्ती गर्न थालेपछि यहाँका सिङ्गो बस्ती सुतिरहँदा युवाहरू भने उठेर रातभरि गस्ती गर्ने गरेका छन्। सूर्यविनायक नगरपालिका–१ सिरुटारका युवाहरूले सिरुटार उपयोगी चोकदेखि माथिल्लो सिरुटार थापागाउँसम्म करिब पाँच किलोमिटर आसपास क्षेत्रमा विगत तीन दिनदखि रातभरि गस्ती सुरु गरेका स्थानीय अनुप राउतले जानकारी दिए। रातको समयमा ग
Posted inSamachar
चौकीमा प्रहरी बस्न छाडेपछि भक्तपुरका युवाले सुरु गरे रात्रिगस्ती

