लोकआस्था, विश्वास र श्रद्धाको रूपमा मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका –१ स्थित राप्ती नदीतटलाई विशेष रूपमा सरसफाइ गरी शृङ्गारिँदैछ।राप्तीतटलाई सरसफाइ गरेर पण्डाल लगाउने र शृङ्गारिने कार्य भइरहेको छठ पूजा समितिका संयोजक रवि गुप्ताले जानकारी दिए। करिब ७०० भन्दा बढी व्रतालु अटाउने गरी नदीतटमा ६२० फिट लामो पण्डाल लगाइएको उनले बताए।'व्रतालुहरू रातभर त्यही पण्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन्। छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरूको सङ्ख्या हजारौँ हुन्छ। गत वर्ष ६० हजारभन्दा बढ
Posted inSamachar
छठ पर्वका लागि शृङ्गारिँदै राप्ती नदीतट

