मिथिलाञ्चलको महान् चाड छठ पर्वअन्तर्गत शनिबार (कात्तिक ८) नहाय खाय विधि सम्पन्न गरिएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा बर्तालु महिलाले सूर्यदेवको आराधना गर्दै जलाशयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि सम्पन्न गरेका हुन्। यो विधिअन्तर्गत बर्तालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी गीतादेवी साहले बताइन्।नहाय खाय सम्पन्न गरेपश्चात् बर्त
Posted inSamachar
छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न

