काठमाडौँ महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ। काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। उनका अनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ। यी ठाउँहरुमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिए। उनका अनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। काठमाडौँ महानगरले छठ पर्व मनाउनको लागि कु
Posted inSamachar
छठ मनाउन काठमाडौँ महानगरपालिकाले तोक्यो ८ स्थान

