धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जंगी अड्डा पुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका हुन्। साम्पाङले केहीबेर अघि आफू काठमाडौँ आइपुगेको जानकारी फेसबुकमार्फत दिएका थिए। प्रधानसेनापतिले आजै जेनजीका प्रतिनिधिहरूसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा सिग्देलले रास्वपा, राप्रपा, दुर्गा प्रसाईँसहितका व्यक्तिसँग पनि समझदारी गर्न भनेको जेनजीको तर्फबाट छलफलमा रहेकी रक्षा बमले जानकारी दिएकी थिइन्।
Posted inSamachar
जंगी अड्डा पुगे हर्क साम्पाङ

