काठमाडौँको जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- ३२ जडिबुटी आकाशेपुल नजिकै रोकिएको बा.प्र ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान पौने तीन बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका-१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ व
Posted inSamachar
जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

