दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ। तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले बताए। मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, महरासागर, रत्नसागर, गोरधोइ, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमतीघाटलगायत पोखरी,
Posted inSamachar
जनकपुरधाममा सुरु भयो छठको तयारी, सजाउन थालियो जलाशय

