६ वर्ष अघि बागलुङकाे ताराखोला गाउँपालिका- ५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ। रोयल रेड र इटालेली फुजी उनको बगानका आकर्षण बनेका छन्। प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए। रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन्।उनको बगान चार रोपनीमा फैलिएको छ। उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु। &
Posted inSamachar
जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा

