लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा जनमत पार्टीबाट निलम पासवान निर्वाचित भएकी छन्।लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसदको एक पदमा निर्वाचन आयोगले पासवान निर्वाचित भएको घोषणा गरेको हो। जनमत पार्टीको समानुपातिक तर्फको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा नाम रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित गरिएको आयोगले जनाएको छ। यसअघि आदिवासी जनजाति कलस्टरबाट प्रदेश सभा सदस्य बनेकी गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो। जनमत पार्टीले कलस्टर अन
Posted inSamachar
जनमतकी निलम पासवान बनिन् लुम्बिनी प्रदेश सभा सदस्य

