कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको आरोपमा २ जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–२ बागबाणी बस्ने २२ वर्षीय दिपेन्द्र राना र २८ वर्षीय सुरेश राना रहेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार दिपेन्द्र र सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ।इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
Posted inSamachar
जबरजस्ती करणी आरोपमा २ युवक पक्राउ

