जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ। चितवनको भरतपुर घर भइ हाल पोखरा घर भएका स्वजय तामाङ लामाले भदौ २४ गते राति कार्यालयमा आगजनी गरेका थिए। आगजनीका क्रममा आगोले जलेर घाइते भई भएका उनलाई उनका साथी दलकुमार गुरुङले पोखरा क्षेत्रीय अस्पतालमा उपचारका लागि लगेका थिए। तर, उपचाका क्रममा उनको आज मृत्यु भएको हो।
Posted inSamachar
जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी गर्दा घाइते भएका एक जनाको मृत्यु

