राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार हुने भनिएको जेनजीको प्रदर्शनमा समर्थन जनाएका छन्।सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै ऐक्यबद्धता जनाएका हुन्।उनले लेखेका छन्, ‘भोलिबाट तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ। शासकहरुले तपाईँहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे।
Posted inSamachar
जेनजीको प्रदर्शनमा कारागारबाटै रविको ऐक्यबद्धता

