केपी ओली नेतृत्वको सरकार ढाल्दै एकाएक नयाँ नागरिक सरकार गठनको अवस्थासम्म मुलुकलाई ल्याइपुर्याउने जेनजी आन्दोलनका अगुवा भनेर चिनिएका सुदन गुरुङको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।तस्बिरमा उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई घुँडा टेकेर खुट्टामा ढोगिरहेका छन्। जुन तस्बिर शुक्रबार राति राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कार्कीले शपथ खाएको बेलाको हो, जहाँ सुदन पनि पुगेका थिए। त्यस क्रममा उनले प्रधानमन्त्रीको खुट्टैमा शिर पुर्याएर ढोगेका हुन्। अह
Posted inSamachar
जेनजी अगुवा सुदनले प्रधानमन्त्री सुशीलालाई खुट्टामै ढोगेको तस्बिर भाइरल भएपछि…

