जेनजी आन्दोलनमा घाइते भएका १९६ जना अझै उपचारमै रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका १९६ जनाको ३२ अस्पतालमा उपचार भइरहेको जनाएको हो। मन्त्रालयले सबै भन्दा धेरै ट्रमा सेन्टरमा २८ जना घाइतेकहरुको उपचार भइरहेको छ। त्यस्तै नेपाल पुलिस अस्पतालमा १८, त्रिवि शिक्षण अस्पतालमा र काठमाडौँ मेडिकल कलेजमा १७,१७ जना घाइते छन् भने, मनमोहन काडियोथोरासिकमा ४ जना घाइतेहरुको उपचार भइरहेको छ। बी एन्ड बी अस्पतालमा ६, सिभिलमा ३ र वीर अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
Posted inSamachar
जेनजी आन्दोलनका १९६ घाइते अझै उपचारमा

