जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ।हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ।सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन्। सिभिल अस्पतालमा ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका थिए, जसमा ५८ जना अझै उपचाररत छन
Posted inSamachar
जेनजी आन्दोलनमा ३० जनाले ज्यान गुमाए, १ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज

