जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि शुक्लाफाँटा नगरपालिकामा कार्यसञ्चालन हुन सकेको छैन। प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो। तोडफोड गरिएका, आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्याङ्कन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। उनका अनुसार प्रदर्
Posted inSamachar
जेनजी प्रदर्शनका क्रममा भौतिक संरचनामा क्षति भएपछि नगर सेवा बन्द

