छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ, भीममाया सुनुवारलाई। काना ठाडा हुन्छन्, दैलोमा आइपुग्यो कि भनेर आँखाले खोज्न थाल्छन्। तर ती फगत स्वप्न मात्रै हुन्। किनकि, भीममायाका छोरा दिपेश अब संसारमा छैनन्। गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दिपेशको निधन भएको थियो। त्यसयता दशैं आयो, गयो। तिहार पनि गयो। चाडपर्वमा छोराछोरीको यादले झन सताउने गरेको उनी सुनाउँछिन्। चाडपर्वमा दिपेशको झल्को आउने गरेको उनी बताउँछिन्। त्यसको कारण हो, दिपेशलाई मासु औधी मनपर्थ्य
Posted inSamachar
जेनजी सहिदकी आमा भन्छिन्- आन्दोलनका नाममा कसैको काख रित्तो नहोस्

