भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर भागेका एक कैदी पक्राउ परेका छन्। १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ पासीकोट बस्ने हर्कराज राईलाई प्रहरीले पक्राउ गरेको हो। उनी भदौ २४ गते जगन्नाथदेवल कारागारबाट भागेर फरार भएका उनलाई बूढानीलकण्ठबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
Posted inSamachar
जेन्जी आन्दोलनमा भागेका कैदी पक्राउ

