काठमाडौं । चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ । जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ ।
Posted inSamachar
‘जेरी अन टप’ले ९ दिनसम्म कमायो साढे ६ करोड
