दुई दिनको अन्तरालमा बडिमालिकाको दर्शनमा निस्किएका २ तीर्थालुले ज्यान गुमाए। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिकाको तीर्थयात्रामा गएका दुई जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको हो। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझा भिरमा बिलाए। साउन २२ गते राति करिब ८ बजे बडिमालिका मन्दिरको दर्शन गरी नाटेश्वरी धामतर्फ जाँदै गर्दा उनी चिप्लिएर करिब ७०० मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए।अक्करे भिरमा खसेका उनको शव अर्को दिनको बेलुका मात्रै निकाल्न सकियो।
Posted inSamachar
जोखिमपूर्ण बडिमालिका यात्रा, तारन्तार भइरहन्छन् दुर्घटना

