शव भुइँमा लडिरहेको छ। आफन्तहरू सबै शोकमा छन्। कतिपय डाको छाडेर रूँदै छन्। अन्तिम संस्कारको तयारी चलिरहेको छ।त्यही शवको छेउमा अपरिचित दुई युवक आइपुग्छन्, मृतकका नजिकका आफन्त खोज्दै।परिवारको मुख्य र निर्णायक मान्छे ठम्याएपछि ती युवकले भन्न थाले, ‘हेर्नुस्, तपाईँको मान्छेको नहुनु मृत्यु भइसक्यो। उहाँको मृत्यु भए तापनि आँखा भने अझै जीवित छ। उहाँले यो संसार छोडेर गए पनि उहाँको आँखाको माध्यमबाट अर्को कुनै बच्चाले यो संसार देख्न सक्छ।’बुधबार बिहान करिब १०꞉३० बजे पशुपति आर्यघाटको दृश्य
Posted inSamachar
जो आर्यघाटमा शवका आँखा मागेर बालबालिकाको ज्योति फर्काउँछन्

