सरकारले आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ६५ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता पाएको छ। उद्योग विभागका अनुसार ०८१ साउनदेखि ०८२ असारसम्म कुल ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४ सय रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त गरेको हो। यस्तो प्रतिबद्धता अटोमेटिक र अप्रुभल रुटबाट प्राप्त भएको हो। यसअनुसार अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताहरुले ४ अर्ब ६१ करोड २६ लाख ६७ हजार र अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार ४ सय रुपैयाँको लगानी प्रतिबद्धता गरेका छन्। उक्त लगानी प्रतिबद्
Posted inSamachar
झण्डै ६५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, नेपालबाट विदेशीले लगे साढे ९ अर्ब लाभांश

