झापाको मेचिनगर नगरपालिका–७ सिद्धार्थ टोलस्थित पालिया खोलामा एक महिला मृत फेला परेकी छन्।आज बिहान करिब ९:३० बजे खोलामा घोप्टो परेर अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतसहितको टोली पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मेचि पठाइएको प्रहरीले जनाएको छ।
Posted inSamachar
झापामा खोलामा डुबेको अवस्थामा महिला मृत फेला

