झापाको बाह्रदशी गाउँपालिका–५ कालिदास टोलकी १५ वर्षीया झरना राजवंशीको खोलामा डुबी मृत्यु भएको छ।गौरीशंकर माध्यमिक विद्यालय डाँगिबारीमा कक्षा १० मा अध्ययनरत राजवंशी शुक्रबार दिउँसो करिब ३ बजे ७–८ जना साथीहरूसँगै स्थानीय घाघ्रा खोलामा पौडी खेल्न गएकी थिइन्।पानीको बहाव बढी भएकाले उनी खोलाको ‘घुमाउने दह’मा परेर बगेको प्रहरीले जनाएको छ।करीब ३० मिटर दक्षिणतर्फ झाडीमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले
Posted inSamachar
झापामा खोलामा डुबेर किशोरीको मृत्यु

