प्रहरीले झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको एउटा औषधि गोदामबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा भण्डारण गरिएको लागुऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले विर्तामोड नगरपालिका–५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरेको पाइएको आज पत्रकार सम्मेलनमार्फत बताए। उनका अनुसार बरामद भएका लागुऔषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्य
Posted inSamachar
झापामा लागुऔषध गोदाममा प्रहरीको छापा, ठूलो मात्रा बरामद

