कोशी प्रदेशको झुम्कास्थित कारागारका पाँच सय ५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आएका प्रदर्शनकारीले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेका थिए। त्यस क्रममा एक हजार सात सय ९६ कैदीबन्दी भागेका थिए। त्यस दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए। फरार कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो। अझै पाँच सय ५६ कैदीबन्दी फरार रहे
Posted inSamachar
झुम्का कारागारका पाँच सय ५६ कैदी अझै फरार

