प्रहरीले चितुवाको छालासहित दार्चुलाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। शैल्यशिखर नगरपालिका- ३ कर्कलेस्थित मार्मा-गोकुलेश्वर सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका- ७ घर भएका ५० वर्षीय भानसिंह ऐर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको साथमा रहेको कालो झोला खानतलासी गर्दा चितुवाको छाला फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। उनको झोलामा ६ फिट तीन इन्च लम्बाइ भएको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ
Posted inSamachar
झोलामा चितुवाको छाला फेला परेपछि ५० वर्षीय पुरुष पक्राउ

