अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा हुनेछ। नेपाली टोली सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। सिरिजका अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपाल पहिलो जितको स्वाद लिन चाहन्छ। सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने बंगलादेश ए टोलीसँग ३२ रनले हार भोगेको थियो। लगातार दुई खेलमा हा
Posted inSamachar
टप इन्ड टी-२० सिरिज: नेपाल आज मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दै

