टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वाध्यक्ष दिगम्बर झा ३ लाख धरौटी बुझाएर रिहा भएका छन्। आइतबार विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख माग गरेको थियो। उनी अदालतले माग गरेको धरौटी रकम बुझाएर रिहा भएका हुन्। यसअघि उनी एमडीएमएस खरिद प्रकरणमा दोषी ठहर भएका थिए। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। झासहित ३ जनालाई गत फागुनमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो।
Posted inSamachar
टेरामक्स प्रकरणमा दिगम्बर झा ३ लाख धरौटीमा रिहा

