नेपाल सरकारले लगाएको टेलिग्राम एप प्रतिबन्धविरुद्ध २८ वटा डिजिटल अधिकार तथा सञ्चारसम्बन्धी संस्थाहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।बुधबार निकालिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राममा पहुँच रोक्न दिएको निर्णय एकपक्षीय र अपारदर्शी छ।’सरोकारवाला संस्थाहरूले टेलिग्रामजस्ता डिजिटल प्लेटफर्महरू
Posted inSamachar
टेलिग्राममाथिको प्रतिबन्धविरुद्ध उभिए २८ संस्था, तत्काल फिर्ता लिन माग

