अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युद्धविराम भएन भने भारी भन्सार शुल्क लगाइने चेतावनी दिएपछि रुसले जवाफ दिएको छ। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पले ५० दिनको समय दिनुको उद्देश्य के हो भनेर जान्न चाहेको बताएका हुन्।उनले भने, ‘५० दिनवाला उक्त वक्तव्यको अर्थ के हो? यसअघि पनि २४ घण्टा र १०० दिनको समयसीमा दिइएको थियो। हामीले यो सब देखिरहेका छौँ र अमेरिकाका राष्ट्रपतिको मनसाय बुझ्न चाहन्छौँ।
Posted inSamachar
ट्रम्पको युद्धविराम चेतावनीमा रुसको जवाफ: ५० दिनको समयसीमा दिनुको अर्थ बुझ्न चाहन्छौँ

