अलास्का वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशविरुद्ध आक्रमण बढाउन सक्ने आशंका गरेका छन्। युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा शनिबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकाको अलास्कामा भेटवार्ता भएको थियो। ठोस सहमति नभए पनि फेरि युक्रेनसहित त्रिपक्षीय बैठक हुने संकेत दुवै नेताले गरेका छन्। यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले युक्रेनका सैन्य अड्डामा हमला बढाउन सक्ने शंका गरेका
Posted inSamachar
ट्रम्प-पुटिन वार्तापछि जेलेन्स्कीको आशंका: रुसले युक्रेनमा आक्रमण बढाउन सक्छ

