डडेल्धुरामा आज (बिहीबार) बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी आएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार उद्धार जारी छ। दुर्घटनाको सूचनापछि अस्थायी प्रहरी पोस्ट ठाँटा बजार र जिप्रकाको टोली घटनास्थलमा पुगेको छ। घाइतेलाई उद्धार गरेर डडेल्धुरा अस्पतालमा ल्याउने तयारी भइ
Posted inSamachar
डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ जनाको मृत्यु

