१ साउन, काठमाडौं । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक/एक देशको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार सुम्निमालाई फिनल्याण्ड र चन्द्रकुमारलाई आयरल्याण्डको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
Posted inSamachar
डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी
