जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचनको मिति तोकेको छ। निर्वाचन आयोगले सोही अनुसार कार्यतालिका सार्वजनिक पनि गरिसकेको छ। अधिकांश दलहरूले चुनावका लागि तयार रहेको बताइरहेका छन्। तर, नेतृत्व परिवर्तनको आन्तरिक खिचोलामा अल्झेका दलहरू चुनावी तयारीमा लागेका देखिँदैनन्।नेकपा एमालेले त अझ संसद् पुनर्स्थापनाको मुद्दा बोकेर हिँडेको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा डाकेको त्रिपक्षीय बैठकमा पनि एमालेले यही कुरा उठाएको थियो। तर, जेनजी प्रतिनिधि उपार्जुन च
Posted inSamachar
‘तत्कालै’मा उपार्जुन चाम्लिङ : चुनाव जित्ने विश्वास नभएकाले एमाले संसद् पुनर्स्थापना भन्दैछ (भिडिओ)

