काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। स्थानीय हिलेटोल हाइटस्थित फाइबर वल्र्ड कम्युनिकेशन प्रालिमा काम गर्ने क्रममा शुक्रबार उनलाई करेन्ट लागेको हो। नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम
Posted inSamachar
तारकेश्वरमा काम गर्ने क्रममा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

