काठमाडौँको तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको छ। झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका वडाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Posted inSamachar
तारकेश्वर नगरपालिका-११ का वडाध्यक्ष पक्राउ

