यस वर्षको तिहारमा नेपालमै उत्पादित फूलले बजार पाएको फूल व्यवसायीले बताएका छन्।तिहारमा फूलको बढी व्यापार हुने गर्छ। नेपालमा उत्पादन भएको फूलले बजार पाउँदा विदेशबाट कमै फूल आयात भएको नर्सरी व्यवसायी सङ्घले जनाएको छ।नेपाली व्यवसायीले उत्पादन गरेको फूल विगत वर्षमा बिचौलियाका कारण किसानले मूल्य नपाउने गरेकामा यस वर्ष भने त्यस्तो नभएको सङ्घका अध्यक्ष रामजी तिमल्सिनाले जानकारी दिए।यस वर्ष सयपत्रीको माला प्रतिगोटा रु १०० देखि रु १२० मा पाइने उनले सुनाए। मखमलीको फूल भने प्रतिगोटा ३५ देखि ४५ रुपैयाँस
Posted inSamachar
तिहारमा नेपालकै फूलले पायो बजार, माला प्रतिगोटा कतिमा हुँदै छ कारोबार?

