बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि गाडी चल्न थालेका छन्। बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा(नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका हुन्। पहिरो हटाइएको र लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए।
Posted inSamachar
तीन दिनपछि बीपी राजमार्गमा गाडी चल्न थाले

