एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय भएको छ।फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १३ गतेको लागि मिति तोकिएको हो। निर्माणटिमले तीनवटा पोस्टर सार्वजनिक गरेको छ। दुईवटा पोस्टरमा मुख्य कलाकार मुकुन ढकाल र सुरक्षा पन्त मात्रै देखिन्छन्। अर्को पोस्टरमा भने प्राय मुख्य कलाकारहरू अटाएका छन्। पोस्टर हेर्दा यो फिल्म कमेडी विधामा बनेको देखिन्छ।धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्।
Posted inSamachar
तोकियो मुकुन र सुरक्षा अभिनीत ‘चमेलीको पोइ’को प्रदर्शन मिति

