सिन्धुलीको गोलञ्जोर-६ मा बसोबास गर्ने हायु समुदायको एकै परिवारका १६ जना बेपत्ता भए। शुक्रबार थातथलो छाडेर हिँडेका उनीहरू सोमबार पोखरामा भेटिए।उनीहरूलाई गाउँमै फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठ पोखरामै पुगे। उनीहरूका समस्याबारे सोधीखोजी गरे। घर बनाएर बस्न सजिलो बनाइदिने भनेर आश्वासन पनि दिए।तर, हायु परिवार घर फर्कन तयार भएन। पोखराको गगनगौँडामै बस्ने र जीविकाका लागि त्यहीँ काम खोज्ने सुरमा छ।यस परिवारको पलायनले अहिले धेरै प्रश्न उब्जाएको छ। के उनीहरूको जीवन त्यही स्थानमा सरल भएको
Posted inSamachar
थातथलो खोसियो, संस्कृति मासियो, सीप बिक्न छाड्यो अनि हायु उठीबास भए

